पुनः निर्वाचनको मुद्दामा हारे झलनाथ खनाल

17k Shares

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा पुनः निर्वाचनको माग गर्दै झलनाथ खनालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त रिट खारेज गरेको हो।

नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका खनालले एमालेका महेश बस्नेतसँग हारेपछि पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्मा रहेको संवैधानिक इजलासले उक्त निर्णय लिएको हो।

सोही क्षेत्रमा मतगणना दोहोर्‍याइ पाउँ भन्दै महेन्द्र यादवले दायर गरेको रिट पनि खारेज भएको छ।

सम्बन्धित समाचार