सो अवसरमा एसियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङलाई १९ लाख ५० हजार रुपैयाँसहित सम्मानित गरिएको छ । त्यस्तै, पारा एसियाली खेलकुदमा कांस्य पद जित्ने पलेसा गोवर्द्धनलाई १३ लाख रुपैयाँ प्रदान गरियो । यसैगरी एसियाली खेलकुदमा कांस्य जित्ने महिला कबड्डी टोलीका प्रत्येक खेलाडीलाई ३ लाख ९० हजार गरी कूल ५२ लाख रुपैयाँसहित सम्मानित गरिएको थियो ।
यस्तै, टी–२० विश्वकपमा छनोट गराउने नेपाली क्रिकेट टोलीलाई पनि सम्मानित गरिएको छ । टोलीका प्रत्येक सदस्यलाई १३ लाख रुपैयाँ प्रदान गरिएको छ । यसरी नेपाली क्रिकेट टोलीले कूल २ करोड ४ लाख ७५ हजार रुपैयाँ प्रदान गरिएको छ ।