‘खेलकुद क्षेत्रमा जरैमा किरा लागेको छ ’

20.2k Shares

खेलकुद क्षेत्रमा जरैमा किरा लागेको छ ः रोमी गिरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र संयुक्त राष्ट्रसंघ 
सेरोमोनियल एम्बेस्डर भई नेपालको पहिलो ओलम्पिक वक्ता भई विश्व तेक्वान्दो महासंघको वक्ताको रुपमा आफूलाई प्रस्तुत गर्न सफल बनिसकेकी छिन् तेक्वान्दोकी बौद्ध जोरपाटी निवासी रोमी गिरी । 
रोमीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र संयुक्त राष्ट्रसंघ सेरेमोनियल एम्बेस्डर भएर स्पीकरको रुपमा प्रस्तुत हुने पहिलो नेपाली वक्ता बनेकी छिन् । नेपाल तेक्वान्दो संघको लागि विश्व तेक्वान्दो संघको प्रतिनिधित्व गर्ने पहिलो नेपाली महिलाको रुपमा पनि आफूलाई प्रस्तुत गर्न सफल बनेकी छिन् गिरी । गिरीले विश्व तेक्वान्दो संघलाई रिप्रेजेन्ट गर्दै कोरियाको सोउल नेशनल युनिभर्सिटीमा खेलकुद व्यवस्थापनको विषयमा मास्टर डिग्री गर्ने उधारणानिए नेपाली महिलाको रुपमा आफूलाई चिनाइसकेकी छिन् । 
नेपाल तेक्वान्दो संघका लागि विश्व तेक्वान्दो संघको प्रतिनिधित्व गरी महिला सशक्तीकरण खेलकुदका लागि विभिन्न कार्यक्रमहरु ल्याउन सफल बनिसकेको गिरी बताउँछिन् । नेपालको परिवेशलाई हेर्ने हो भने खेलकुद क्षेत्रमा मात्र नभई हरेक क्षेत्रमा पुरुषको दाँजोमा महिलाहरु किन पछाडि परिरहेका छन् ? किन पुरुष सरह सक्षम बन्न सकिरहेका छैनन् भन्ने विषयमा सोउल युनिभर्सिटीबाटै केही महिना अगाडि मात्रै थेसीस गरिसकेकी छिन् रोमी गिरीले । नेपालमा खेलकुद विकास किन भएको छैन ? खेलकुद के हो भन्ने सीमित व्यक्ति बाहेकलाई थाहा छैन । 
खेलकुलाई कसरी व्यवस्थापन गर्ने ? खेलकुद प्रतियोगिता आयोजना गर्दा अप्नाउनुपर्ने व्यवस्थापन र शिक्षाको अभावका कारण पनि खेलकुद क्षेत्रमा खासै विकास नभएको रोमी बताउँछिन् । हरेक खेलमा अनुभवको हिसावले हारको अनुभव होइन जितको अनुभव चाहिएको हुन्छ । तर, नेपाली खेलकुद क्षेत्रलाई हेर्ने निकायकोे भने यसको लागि चुस्त व्यवस्थापन नै छैन । गिरी बताउँछिन् ‘मैले आफूभन्दा सिनियरलाई सम्मान गर्छु, राम्रो कुरालाई मैले सम्मान गर्छु तर नराम्रो कुरालाई भने मैले खासै चासो दिन्न । 
हाम्रो देशमा आफूभन्दा सानोले गरेको सही र राम्रो कार्यलाई आदर र सम्मान गर्ने परम्परा नै छैन, अझ भन्नुपर्दा पचाउन सक्ने मानसिकता नै छैन ।’ नेपालमा हरेक खेलको विकास स्वयम् खेलाडी र भगवान भरोसाका कारण केही खेलहरुले सीमित सफलता हासिल गर्दै आइरहेका छन् । त्यस्ता खेललाई पनि खेलकुद क्षेत्र हेर्ने सम्बन्धित निकायले खासै चासोपूर्वक नहरेको रोमी बताउँछिन् । अहिले म जुन अवस्थामा छु त्यो अवस्थामा आउनका लागि नेपाली दाजुभाई, सिनियर केही व्यक्तिहरुको सहयोग र विशेष गरी मेरो प्रतिभा, खुबी देखेरै विदेशीको सहयोग मिलेकै कारणले नै म यो ठाउँमा आउन सफल बनेकी हुँ । 
नेपाल खेलकुद क्षेत्रमा नेपाली खेलकुदसम्बन्धी अध्ययन गरी विज्ञ हासिल गरेको व्यक्ति जम्मा २—३ जनामात्र छन् । नेपालमा खेलकुद क्षेत्रमा चाहिने आधारभूत आवश्यकता पनि पूरा गर्ने साधन स्रोत छैन । तर, आफ्नै हिसावले विशुद्धरुपमा देशको खेलकुदको विकासका लागि लाग्ने गिरी बताउँछिन् । आफूलाई खेलकुद क्षेत्रलाई हेर्ने निकायको रुपमा रहेको राष्ट्रिय खेलकुद परिषद, ओलम्पिक कमिटीलगायत विश्व तेक्वान्दो संघको सहयोगले अन्तर्राष्ट्रिय क्षेत्रमा मलाई नेपालको पहिलो महिला वक्ताको रुपमा चिनाउन सहयोग गरेकोमा आफू त्यस्ता संस्थाहरुप्रति आभारी रहेको गिरी बताउँछिन् । 
वास्तवमा भन्नुपर्दा जरा मेरो नेपाल तेक्वान्दो संघ र टुप्पो विश्व तेक्वान्दो संघ भएको गिरी बताउँछिन् । मैले यी सबैको अनुभव बटुलिसकेको छु । म अहिले विश्व तेक्वान्दो संघको फिगरको रुपमा परिचित छु । 
यी सबै हासिल गर्न आफ्नै खुबी, दक्षता र मेहनतले स्कलरसिप हासिल गर्न सफल बनेको गिरी बताउँछिन् । पछिल्लो समय नेपालको खेलकुद क्षेत्रको विकासका लागि विभिन्न प्रोजेक्ट डिजाइन, प्रोजेक्ट ल्याउने स्पोर्टस डिप्लोम्याटिक रिलेसन निभाउनको लागी नेपालको एक मात्र पात्रका रुपमा परिचित बनिसकेकी छिन् गिरी । गिरीमा यस्तो खुबी भएपनि वास्तविक जीवनमा उनमा कुनै घमण्ड छैन, बरु नेपालको खेलकुद विकासको सहयोग गर्ने अन्तर्राष्ट्रिय निकायमा रहेको कारण आफूले नेपालमा खेलकुद विकासका लागि मरिपेटेर लाग्ने गिरी बताउँछिन् ।
आठ वर्षको उमेरदेखि तेक्वान्दो खेल खेल्न सुरु गरेकी गिरी करिब चार÷पाँच वर्ष अगाडि तेक्वान्दो खेलको चौथो डान हासिल गरी केही दिनमै पाँचौ डानको तयारीमा रहेको बताउँछिन् । नेपालको खेलकुद विकास नहुनुमा पहिलो समस्या भनेको गरिबी हो । अर्को भनेको गुणस्तरीय शिक्षाको कमी । यो विकास नहुन्जेल नेपालको खेलकुद यस्तै चलिरहने गिरी बताउँछिन् । वास्तवमा भन्नुपर्दा नेपालको खेलकुद क्षेत्रमा जरैमा किरा लागेको छ, त्यो किरालाई नमारेसम्म नेपालको खेलकुद विकासको कल्पना नगर्दा पनि हुने गिरी खुलेरै बताउँछिन् ।

सम्बन्धित समाचार