मोदीको तेस्रो कार्यकालको पहिलो निर्णय : गरिबहरूका लागि तीन करोड घर उपलब्ध गराउने

13.4k Shares

नयाँ दिल्ली-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको पहिलो निर्णय थप तीन करोड ग्रामीण तथा सहरी घरधुरीलाई घर निर्माणका लागि सहयोग गर्ने निर्णय गरेका छन् । आवास सहायताका लागि योग्य हुने परिवारहरूको बढ्दो सङ्ख्याका कारण यो निर्णय गरिएको जनाइएको छ । 

ग्रामीण तथा सहरी क्षेत्रका योग्य घरधुरीलाई आधारभूत सुविधासहितको घर निर्माणमा सहयोग पुर्‍याउन भारत सरकारले सन् २०१५/१६ देखि प्रधानमन्त्रीआवास योजना लागू गर्दै आएको छ ।

कार्यक्रमअन्तर्गत १० वर्षहरूमा आवास योजना र यसअन्तर्गत योग्य गरीब परिवारका लागि कुल ४.२१ करोड घरहरूको निर्माण पूरा भएको छ 

निर्माण गरिएका सबै घरहरूलाई अन्य आधारभूत सुविधाहरू जस्तै घरेलु शौचालयहरू, ग्यास जडान, बिजुली जडान, धारा जडान, आदि केन्द्र सरकार र राज्य सरकारहरूको अन्य योजनाहरूसँग मिलाएर उपलब्ध गराइन्छ ।

सम्बन्धित समाचार