शुक्रबार बिहीबारका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री शर्माले भनिन्, ‘११ देशका राजदूत फिर्ता बोलाउने निर्णय र प्रधानमन्त्री भारत जाने विषय जोडिएको छैन ।’मन्त्री शर्माले विगतमा पनि सत्ता समीकरण फेरबदल हुँदा राजदूतहरू फिर्ता बोलाउने गरिएको बताइन् ।
‘विगतमा पनि कतिपय समीकरण फेरिदा प्रचलनकै रूपमा राजदूतहरू फिर्ता बोलाउने कुरा स्थापित भयो’, उनले भनिन्, ‘यो ठिकबेठिक के हो भनेर समीक्षाको विषय हुनसक्छ । तर प्रचलनकै रूपमा स्थापित भएको विषय हो यो ।’उनले परराष्ट्र मन्त्रालयको प्रस्तावमा राजदूतहरू फिर्ता बोलाएको पनि बताइन् ।