चितवनको नारायणी लिफ्ट सिँचाइ आयोजनाले हिउँदमा पनि पानी छोड्न थाल्यो

9.5k Shares

काठमाण्डौ – चितवनको नारायणी लिफ्ट सिँचाइ आयोजनाले हिउँदमा पनि पानी उपलब्ध गराउन थालेको छ । आयोजनाले ५० वर्षपछि आफ्ना दुवै नहरबाट हिउँदमा पानी छोडेको हो । यसअघि बर्खायाममा मात्रै पानी छाडिने गरेकामा अब बाह्रै महिना नहरमा पानी ल्याउन सकिने भएको छ ।

आयोजनाका सूचना अधिकारी कुलराज चालिसेका अनुसार २०३९ सालमा स्थापना भएको आयोजनाले यसपटक हिउँदको समयमा दुईवटै नहरमा पानी छोडेको हो । किसानको मागअनुसार पानी छोडिएको उहाँले बताउनुभयो । गहुँ, आलु र राजमाखेती गर्ने किसानको मागअनुसार पानी छोडेको आयोजनाका सूचना अधिकारी चालिसेले बताउनुभयो ।

आयोजनाले चार हजार चार सय हेक्टर जग्गामा सिँचाइ गर्दै आएको छ । विशेष गरी धान रोप्नका लागि पानी छोड्ने गरिएको भए पनि अहिले हिउँदमा समेत पानीको माग बढेको उहाँले बताउनुभयो ।

चैत र वैशाख महिनामा नारायणीमा पानी कम भए केही समस्या हुने तर अरु बेलामा मागअनुसारको पानी दिन आयोजना तयार रहेको सूचना अधिकारी चालिसेले बताउनुभयो ।

सम्बन्धित समाचार