14.9k
Shares
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले अनिलकुमार साहलाई तेस्रो विकेटको रूपमा गुमाएको छ ।
अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको अनिललाई ७.४ ओभरमा गुमाएको हो । अनिलले नेपाली टिमको खातामा ११ रन थपे ।
त्यसअघि नेपालले आसिफ सेखलाई चार र कुशल भुर्तेललाई सात रनमा गुमाएको थियो ।