दाङमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

16.6k Shares

दाङ । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।

दाङ तुलसीपुर–२ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा७प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका हुन् । 

सम्बन्धित समाचार