काठमाडौं । सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको उच्चस्तरीय संसदीय छानबिन समितिको कार्यादेश’bout सहमति जुटाउन सकस परिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बिहान प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । झन्डै ४० मिनेट देउवा निवास बसेका प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरणमा गठन हुने समिति र त्यसको कार्यादेश’bout कुरा उप्काए । तर, देउवाले प्रधानमन्त्री प्रचण्डको कुरा नसुनेझैं गरे । प्रचण्डले आफ्नो भनाइ राखिरहँदा देउवा सुतेझैं गरे ।
‘प्रधानमन्त्री प्रचण्डजी सहकारी ठगी प्रकरण’bout गठन गर्ने भनिएको समिति र समितिको कार्यादेश’bout छलफल गर्न देउवा निवास बूढानीलकण्ठ आउनुभएको थियो,’ प्रचण्ड–देउवा भेट’bout कांग्रेसका एक नेताले भने, ‘प्रचण्डजी बोलिरहनुभएको थियो, तर देउवाजी आँखा चिम्म गरी बसिरहनुभएको थियो ।’
कांग्रेस सभापति देउवाले बेवास्ता गरेपछि प्रचण्ड निराश हुँदै फर्किएका थिए । प्रधानमन्त्री प्रचण्ड त्यसपछि प्रतिनिधिसभा बैठकमा भाग लिन संसद् भवन गएका थिए । त्यहाँ प्रचण्डले एक–दुई दिनमा कार्यादेशका ’boutमा सहमति हुने बताए । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहँदा कांग्रेस सांसदहरू भने नाराबाजी गरिहेका थिए ।
‘हामीले यस स्थितिको अन्त्य गर्नैपर्छ, सभामुखज्यू, मैले केही दिनदेखि लगातार राजनीतिक दलहरूसँग, प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरिराखेको छु,’ प्रधानमन्त्री प्रचण्डले संसद्मा भने, ‘यो गतिरोधको अन्त्य गर्नका निम्ति प्रयास भइराखेको छ र हामीले सहमति र सहकार्यको धेरै नजिक पुगेको महसुस गरेका छौंं ।’
आइतबार बिहान पनि प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति देउवासँग बूढानीलकण्ठमै पुगेर सहमतिको प्रयास गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले आज र भोलि (आइतबार र सोमबार) बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ भन्ने विश्वास गरेको छु ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिँदै आएका छन् । सोही विषयलाई लिएर गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने कांग्रेसको बटमलाइन छ । सोही विषयलाई लिएर कांग्रेसले दुई महिनादेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।
प्रतिनिधिसभा, राष्ट्रिय सभाका साथै कर्णाली प्रदेशसभामा समेत कांग्रेसले विरोध गर्नुका साथै नाराबाजी गरेको छ । बाग्मती प्रदेशसभामा समेत विरोध गर्ने कांग्रेसले निर्णय गरिसकेको छ । कांग्रेसले अहिले सदनदेखि सडकसम्म सहकारी ठगीको मुद्दा उठाएर आन्दोलन चर्काइरहेको छ । आइतबार कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शनसमेत गरेको छ । कांग्रेसनिकटको नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायतले सडक तताउँदै आएका छन् । आजको राजधानी दैनिकबाट