सबैभन्दा कम पुँजीगत खर्च गर्ने पर्यटन मन्त्रालय

17.1k Shares

काठमाडौं – चालू आर्थिक वर्षमा संघीय निकायले ९ खर्ब ९१ अर्ब ५० करोड ६८ लाख रुपैयाँ चालू खर्च गरेको छ भने २ खर्ब ३४ अर्ब ६२ करोड ४७ लाख रुपैयाँ पुँजीगत खर्च (विकास खर्च) गरेको छ।

जसमध्ये सबैभन्दा बढि पुँजीगत (विकास) खर्च गर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेका छ भने कम गर्नेमा पर्यटन मन्त्रालय रहेको छ। सो मन्त्रालयले ३७.३० प्रतिशत अर्थात ८७ अर्ब ५० करोड ४६ लाख रुपैयाँ पुँजीगत खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

यस्तै दोश्रोमा सहरी विकास मन्त्रालयले १४.३५ प्रतिशत, उर्जा १२.७३ प्रतिशत, रक्षा १०.१५ प्रतिशत, खानेपानी ६.६६, गृह ३.३९, शिक्षा २.१७ , वन १.३९ अर्थ ०.९६, पर्यटन ०.८४, अन्य मन्त्रालय तथा निकायमा १०.०६ प्रतिशत विकास खर्च भएको कार्यालयले जनाएको छ।

यस्तै सबैभन्दा बढि चालू खर्च गर्नेमा अर्थमन्त्रालय रहेको छ। सबैभन्दा कम खर्च गर्नेमा परराष्ट्र मन्त्रालय रहेको छ। अर्थमन्त्रालयले १ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ अर्थात १६.३५ प्रतिशत चालू खर्च गरेको छ भने परराष्ट्र मन्त्रालयले ५ अर्ब ६४ करोड १८ लाख रुपैयाँ अतजा ०.५७ प्रतिशत चालू खर्च गरेको छ।

सम्बन्धित समाचार