जनकपुरधाम - नागरिकता प्रकरणमा यही मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ ।
सिरोहियालाई धनुषा जिल्ला अदालतको ५ नम्बर इजलासका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले शुक्रबारदेखि थप तीन हिरासतमा राख्ने अनुमति दिएको हो ।
धनुषा अदालतको पाँच नम्बर इजलासमा पेस गरिएपछि भएको पक्ष विपक्षका वकिलहरूको बहसपछि न्यायाधीश ज्ञवालीले सिरोहियालाई हिरासतमै राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिल र प्रहरीलाई आदेश दिएका हुन् ।
सिरोहियालाई अदालतले शुक्रबार (आज) सम्म दिएको तीन दिनको म्याद सकिएपछि थप्नका लागि शुक्रबार इजलासमा पेस गरिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियाको केसमा अनुसन्धान नसकिएकाले थप ५ दिन म्याद मागेका थिए । तर अदालतले तीन दिन मात्रै समय दिएको हो ।