15.8k
Shares
काठमाडौँ । विपक्षी दलको विरोधकाबिच शुक्रवार बस्ने संसद् बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने तयारी भएको छ । नीति तथा कार्यक्रममाथि शुक्रवारको संसद् बैठकमा छलफल गर्ने र त्यसपछि पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
शुक्रवारको संसद् बैठक बस्नुअघि संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउन दलहरू छलफलमा जुटेका छन् । कानुन मन्त्रालयमा जारी बैठकमा दलहरूले आ–आफ्ना अडान नछाडेको स्रोतको भनाइ छ ।
नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ ।