‘दिलमा आगो’ मा अनुज र सुस्मिताको रोमान्स

17.9k Shares

काठमाडौँ । गायक नारायण थापाको नयाँ गीत ‘दिलमा आगो’ सार्वजनिक भएको छ । बीबी थापाको शब्द रहेको गीतमा गायक थापाकै सङ्गीत र साहस शाक्यको सङ्गीत संयोजन छ । प्रेममा धोका खाएका घायल प्रेमिका मनमा उब्जने भावनालाई गीतका शब्दले व्यक्त गरेको छ ।

गीतको भिडियोमा लोक मिश्र, अनुज शर्मा, सुस्मिता अधिकारीको अभिनय छ । भिडियोलाई सुवास प्रधानले निर्देशन गरेका हुन् । प्रेम लामाको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो आभूषण इन्टरटेनमेन्टले बाहिर ल्याएको हो ।

 
सम्बन्धित समाचार