तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

16.8k Shares

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–२, बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । बन्दीपुर–६ का २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हिरा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

६ जना साथी मिलेर पौडी खेल्न गएका मध्ये डुबेर उनीहरूको मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए । अरू चारजना सकुशल छन् ।

सम्बन्धित समाचार