17.6k
Shares
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संघीय संसद्को संयुक्त बैठकमा अनुपस्थित भएका छन् । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अनुपस्थित भएका हुन् ।
एमाले सचेतक सुनिता बरालले अध्यक्ष ओली अस्वस्थ भएकाले संसद्मा अनुपस्थित भएको बताइन् । उनलाई के भएको हो भन्ने खुलेको छैन ।