16.5k
Shares
काठमाडौं– आइपिएल टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई आईसीसीको नियम उल्लंघन गरेको आरोपमा एक खेलको निलम्बन गरिएको छ । उनलाई जरिवाना समेत लगाइएको छ ।
इन्डियन प्रिमियर लिगको ५६औँ खेलमा टिमको स्लो बलिङका कारण पन्तविरुद्ध यो कारबाही गरिएको हो । राजस्थान रोयल्ससँगको यो खेल ७ मेमा दिल्लीको अरुण जेटली स्टेडियममा भएको थियो ।
दिल्ली क्यापिटल्सले तेस्रो पटक न्यूनतम ओभर रेटको सीमा उल्लंघन गरेको कारण यो कारबाही गरिएको हो । यति मात्र होइन, पन्त बाहेक टिमका सबै सदस्यलाई १२ लाख रुपैयाँ वा म्याच फीको ५० प्रतिशत, जुन कम हुन्छ, जरिवाना गरिएको छ ।