काठमाडौं, असार १ । आज (मंगलबार) पनि देशका धेरै स्थानमा पानी पर्ने र पाँचवटा प्रदेशमा ठूलो (भारी) वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले (मंगलबार बिहान ६ बजे) भने गण्डकी, लुम्बिनी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। यस्तै प्रदेश नम्बर २ का थोरै स्थानमा ममेघगर्जन/चट्टयाङसहित वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश नम्बर २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।
यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीबारसम्मै वर्षाको सम्भावना छ। धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र विभिन्न प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ ।