19.6k
Shares
काठमाडौँ । फिल्म ‘आम नागरिक’को काम सुरु भएको छ । बुधबार ‘जब तिमीसँग मिठो प्यार भयो’ बोल रहेको गीत रेकर्ड गर्दै निर्माण युनिटले फिल्मको काम सुरु गरेको हो । गीतमा पवित्रा परियारको स्वर, डा. भोला रिजालको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीत अनामनगरस्थित ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बन्न लागेको फिल्मका प्रस्तुतकर्ता पुस्कर राउत हुन् ।