अमेरिकी वैदेशिक सहयोग प्याकेज माथिल्लो सदनबाट पनि पास

20.9k Shares

वासिङटन । अमेरिकी माथिल्लो सदन सिनेटले पनि युक्रेनलगायत वैदेशिक सहयोग सम्बन्धी प्याकेजलाई मंगलबार राति पास गरेको छ । ९५ बिलियन डलरको उक्त प्याकेजलाई गएको शनिबार अमेरिकी तल्लो सदनले पास गरेको थियो । 

दुवै सदनबाट सो सम्बन्धी विधेयक पास भएकाले राष्ट्रपति जो वाइडेनले सम्भवतः बुधबार त्यसमा हस्ताक्षर गर्नेछन् । उक्त सहयोग प्याकेजमा युक्रेनलाई सैन्य सहयोग सम्बन्धी ६१ बिलियन डलर तथा इजरायल र ताइवानलाई सहयोग सम्बन्धी विषय पनि समावेश छन् । 

राष्ट्रपतिले हस्ताक्षर गरेपछि सहयोग प्याकेज सम्बद्ध देशमा पठाउन बाटो खुल्नेछ ।बीबीसी

सम्बन्धित समाचार