झापामा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु

23.3k Shares

झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा बुधबार बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जिप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । 

उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जिप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।  

सम्बन्धित समाचार