एसीसी प्रिमियर कपः आज साउदीसँग भिड्दै नेपाल

18.4k Shares

काठमाडौं – एक खेल अगाडि नै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगिसकेको नेपालले बुधबार साउदी अरबसँग प्रतिपर्धा गर्दैछ । लगातार तीन खेलमा विजयी भएर ६ अंक जोडेको नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूहचरणको अन्तिम खेल बुधबार बिहान ११:४५ बजे सुरु हुँदैछ ।

शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो। तेस्रो खेलमा हङकङमाथि नेपालले आठ विकेटको शानदार जित दर्ता गरेको हो । नेपालको समूह विजेता बन्दै सेमिफाइनल खेल्न लक्ष्य छ ।

पहिलो खेल : मलेसियाविरुद्ध ५ विकेटको जित

शुक्रबार मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गरेको हो। नेपालका लागि कुशल भुर्तेलले २४ बलमा तीन चौकासहित २४ रन बनाए। आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनको योगदान दिए। सात बलको सामना गरेका गुल्सन झाले दुई छक्का र एक चौकासहित नटआउट १९ रन बनाए।

कप्तान रोहित पौडेलेले २८, दिपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए। सन्दीप जोरा १२ रनमा नट आउट रहे। मलेसियाका लागि विरनदीप सिंहले ३ तथा मोहम्मद वाफिक र पवनदीप सिंहले एक(एक विकेट लिए।

सम्बन्धित समाचार