२० केजी गाजासहित २ जना पक्राउ

21.1k Shares

महोत्तरी– महोत्तरीको बर्दिबासबाट लागूऔषध गाजा सहित दुई जना पक्राउ परेका छन । वडा नं। १४ स्थित ट्रायल सेन्टरको  छेउबाट २० के।जि।९७४ ग्राम गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ पर्नेमा भंगाहा नगरपालिका वडा नं। ६ बस्ने ३२ वर्षीय कलाम अनसारी र बर्दिवास।१० बस्ने ४० वर्षीय पदम स्याङ्तान रहेका छन् ।

इलाका प्रहरी कार्यालय गौरिडाडावाट खटिएको  प्रहरी गस्ति टोलिलाई देख्ना साथ तिन  जना भागेका थिए । सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फ्याँकेर भागेका उनीहरु मध्य प्रहरी निरीक्षक प्रल्हाद सिलवाल र स्थानीयको रोहबरमा दुई जनालाई भने प्रहरीले नियन्त्रण लिएको इलाका प्रहरी कार्यालयका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए  ।

फरार अर्को व्यक्तिको खोजी भइरहेको छ भने  पक्राउ परेकाहरूलाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको  म्याद थपी इलाका प्रहरी कार्यालय बर्दिवासमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार