गिरफ्तारीलाई सदर गर्ने उच्च अदालतविरुद्ध सर्वाेच्च जाँदै केजरीवाल

20.8k Shares

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल आफ्नो गिरफ्तारीविरुद्ध सर्वाेच्च अदालत जाने भएका छन् ।

अन्तःशुल्क नीतिसँग जोडिएको घोटाला मुद्दामा प्रवर्तन निदेशालय (ईडी)ले उनलाई मार्च २१ मा पक्राउ गरेको थियो ।

आफ्नो गिरफ्तारीलाई अवैध ठहरर्‍याउन उनले दिएको निवेदन दिल्ली उच्च अदालतले मंगलबार खारेज गरिदिएको छ ।

त्यसको केही घण्टापछि उनको आम आद्‌मी पार्टी (आप)ले सर्वाेच्च अदालत जाने घोषणा गरेको हो । आपका उच्च नेता एवं दिल्लीका स्वास्थ्य, सहरी विकास तथा खानेपानी मन्त्री सौरभ भारद्वाजले आफूहरू सर्वाेच्च अदालत जाने बताएका हुन् ।

सम्बन्धित समाचार