बालमन्दिरको तत्कालीन नेतृत्व र वृहस्पतिका पदाधिकारी कारबाहीमा पर्ने

16.5k Shares

काठमाडौं । नेपाल बालसंगठनको नाममा रहेको बालमन्दिरको जग्गा गैरकानुनी रूपमा ५२ वर्षसम्म लिजमा दिने बालमिन्दरको तत्कालीन नेतृत्व र आर्थिक प्रभावमा पारी गैरकानुनी कार्य गराउने वृहस्पति विद्या सदनका पदाधिकारीहरू माथि भ्रष्टाचारमा कारबाही हुने भएको छ।

बालमन्दिरमा भएको जग्गा अनियमितता तथा छात्रवृत्तिलगायतका अनियमितताका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै आइरहेको छ।

अख्तियारको छानबिन अन्तिम चरणमा पुगे पनि बालसंगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्य बिरामी भएर बयान दिन जान नसक्दा अख्तियारको अनुसन्धान प्रक्रियामा ढिलाइ भएको बताइएको छ।

अख्तियारले बाल संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यलाई पटकपटक बयान दिन बोलाइसकेको छ। तर, उहाँले आफू मिर्गाैलाको कडा बिरामी रहेको र लगातार डायलासिस गर्नुपर्ने भएकाले तत्काल बयानमा आउन नसक्ने जवाफ दिँदै आइरहनुभएको अख्तियार स्रोतले जानकारी दिएको छ।

बालमन्दिरको जग्गा अनियमितता प्रकरणका मुख्य योजनाकार नै रीता सिंह वैद्य रहेको र उहाँले वृहस्पति विद्या सदनका पदाधिकारीसँग ठूलो आर्थिक फाइदा लिएको अख्तियारको अनुसन्धानले समेत फेला पारिसकेको बताइएको छ। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार