17.9k
Shares
काठमाडौं । सुन प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई नर्भिक अस्पताल पठाउने तयारी गरिएको छ ।
सुन प्रकरणमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अनुमति दिने क्रममा अदालतले नै अस्पताल राख्न भनेको प्रहरी स्रोत बताउँछ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले पहिलेदेखि नै उनी नर्भिकमा उपचाररत देखिएकाले उनलाई त्यहाँ पठाउने तयारी भएको जानकारी दिए ।