वैदेशिक रोजगारीका घरेलु श्रमिक महिलामा जोखिम बढ्दो

17.8k Shares

काठमाडौँ । सरकारले वैदेशिक रोजगारमा घरेलु श्रमिकका रूपमा जान लगाएको बन्देजले महिला झनै जोखिममा परेको एक अध्ययनले देखाएको छ । बन्देजका कारण श्रम स्वीकृति नलिई अवैध प्रक्रिया र बाटो भएर रोजगारीमा श्रमिक गइरहेको र यसले जोखिम बढाएको आप्रवासी महिला कामदार समूह (आमकास) नेपालको अध्ययनले देखाएको हो । 

वैदेशिक रोजगारमा जाने महिला श्रमिकलाई सचेतना, उद्धारलगायतमा सहयोग गर्दै आएको आमकासले सञ्चालन गरेको अल्पकालीन आश्रयस्थल (सेल्टर) मा आउनेमध्ये ७५ प्रतिशत महिला कागजातविहीन हुने देखिएको छ । आमकासका अनुसार गएको एक वर्षभित्र आमकासको सेल्टरमा बसेका १७२ जनामध्ये ७५ प्रतिशत कागजातविहीन रहेका छन् । 

आमकास नेपालका कार्यकारी निर्देशक विजया राई श्रेष्ठले १७२ जनामा ७५ प्रतिशत कागजातविहीन हुनुले सरकारले घरेलु काममा जानेलाई लगाएको बन्देजले निम्त्याएको जोखिम भएको स्पष्ट हुने बताउनुभयो । यसरी कागजातविहीन भएकाहरू श्रम शोषण, ज्याला ठगी, मानव तस्करी तथा शारीरिक हिंसाको जोखिममा पर्ने बढी सम्भावना हुने गरेको श्रेष्ठको भनाइ छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार