शैक्षिक बहस गर्दै इक्यान कास्की

14.4k Shares

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ(इक्यान) कास्कीले शैक्षिक बहस कार्यक्रम सञ्चालन गर्ने भएको छ । शैक्षिक मेलाको विकल्पमा इक्यान कास्कीले चैत ३० गते बहस कार्यक्रम आयोजना गरेको हो । वैदेशिक अध्ययन र यसले पारेका सकरात्मक प्रभावकाबारेमा हुने बहसको नाम ‘इडियू थ्रिसिक्सटी’ दिइएको छ । एक दिने बहस कार्यक्रममा तीन वटा सेसन हुने इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले जानकारी दिए ।

पहिलो र दोस्रो सेसनमा अन्तर्क्रिया हुने उनले बताए । तेस्रो सेसनमा वक्ताका विचार प्रस्तुत हुनेछ । गण्डकी विश्वविद्यालयका डिन प्राध्यापक डा. कपिल अधिकारी, इक्यानका अध्यक्ष शेषराज भट्टराईले वैदेशिक अध्ययनले पार्ने प्रभावबारे बहस गर्नेछन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, जिपास्ट गण्डकीका कार्यकारी निर्देशक ढाकाराम भण्डारीबीच शिक्षाका नीतिबारे बहस हुनेछ । अभिनेता राजेश हमालले राष्ट्र निर्माणका लागि विश्वव्यापी शिक्षाबारे भनाई राख्नेछन् ।

विश्वव्यापी शिक्षा सम्बन्धि शिक्षाविद्, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र सरोकारवालासँग छलफल हुने उनको भनाई छ । ‘कार्यक्रमले वैदेशिक अध्ययनको सकरात्मक प्रभाव बुझाउनेछ’, शाहीले भने । गुणस्तरीय शिक्षामा बहस कोशेढुंगा बन्ने आयोजकको दाबी छ ।

सम्बन्धित समाचार