महाधिवेशन भदौंमै हुन्छ : सभापति देउवा

17k Shares

काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन आउँदो भदौमै हुने बताएका छन् । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले महाधिवेशनको विषयलाई लिएर भ्रममा नपर्न आग्रह गर्दै तोकिएको समयमा महाधिवेशन हुने बताएका हुन् ।

उनले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न पार्टीका सबै नेता र सदस्यहरूलाई सक्रिय बन्न पनि आग्रह गरेका छन् । देउवाले विज्ञप्तिमा सरकारले जनताको स्वास्थका बारेमा समयमा गम्भीर भई इमान्दारीपूर्वक काम नगरेकाले अहिलेको अवस्था सिर्जना भएको पनि उल्लेख गरेका छन् । कांग्रेसले आगामी भदौ ७ देखि १० मा गर्ने गरी १४ औं महाधिवेशनको मिति तय गरेको छ । असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी सकेर निर्धारित समयमा नै महाधिवेशन गर्ने उनले बताएका छन् ।

‘पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन्’ देउवाले भनेका छन् ।

सम्बन्धित समाचार