काठमाण्डाै – इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले १ वर्ष जोड्नुस ४ वर्ष हेर्नुस् अफर सार्वजनिक गरेको छ । यस अफरमा अब ग्राहकले ३०० एमबीपीएस उच्च गतिको इन्टरनेट र आईपी टीभी जडानमा ४ वर्षसम्म आईपीटीभी सेवाका साथै वाईफाई सिक्स राउटर पनि निःशुल्क पाउने कम्पनीले जनाएकाे छ ।
प्रतिदिन ४० रुपैयाँका दरले यो अफर जडान गर्न सकिनेछ । एचडी तथा एसडी प्रिमियम टीभी च्यानलमा इतिहासदेखि मनोरञ्जन, बालबालिका, खेलकुदसम्मका सयौँ च्यानलहरू समावेश गरिएको छ । जसको मूल्य प्रतिमहिना ५०० रुपैयाँ पर्ने तर अफरमा लिँदा भने प्रतिमहिना २०३ रुपैयाँ लाग्ने कम्पनीले बताएकाे छ । जसले गर्दा ३ वर्ष टीभी बोनसमा ग्राहकलाई ७ हजार ३२२ रुपैयाँ बराबरको फाइदा हुनेछ ।
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै १ वर्ष इन्टरनेट तथा आईपीटीभी जडानमा ३ वर्षे निःशुल्क आईपीटीभी सेवा अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ ।
थप जानकारीका लागि क्लासिक टेकको नजिकको शाखा कार्यालय, ९७०९१८४१४७ मा फोन गर्न वा www.classictech.com.np मा सम्पर्क गर्न कम्पनीको आग्रह छ ।