काठमाडौं – भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्न पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले बुधबार गुजरातसँग खेल्दैछ ।
लगातार दुई खेलमा विजयी नेपालले बुधबार तेस्रो खेल खेल्न लागेको हो ।पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको नेपालले मंगलबार बरोडामाथि २७ रनको जित दर्ता गरेको थियो ।
नेपालले बुधबार गुजरातसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल दिउँसो २ : ४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ ।
नेपाल विश्वकपको तयारी स्वरुप गुजरात र बरोडासँग सिरिज खेल्न भारत गएको हो। नेपालले प्रतिस्पर्धा गर्ने भारतका दुवै टोली राज्य स्तरका हुन्।
नेपालले अर्को खेल चैत २३ गते बरोडामा खेल्नेछ। लिग चरणमा एक अर्कासँग दुईदुई खेल खेलेपछि शीर्ष दुई टोलीबिच फाइनल प्रतिस्पर्धा हुनेछ।