बरोडाविरुद्ध नेपालको १० ओभरमा ३ विकेट गुमाएर ६८ रन

17.5k Shares

काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार जारी बरोडाविरुद्धको खेलमा १० ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको छ । नेपालका लागि अनिल साह १७ र गुलसन झा १० रन बनाउँदै क्रिजमा संघर्षरत छन् ।

त्यसअघि कप्तान रोहित पौडेल १३ बलमा १८ रन, ओपनर कुशल भुर्तेल ११ बलमा नौ रन र अर्का ओपनर आसिफ शेख १२ बलमा नौ रन बनाउँदै आउट भएका थिए । घरेलु टोली बरोडाले टस जिती नेपाली टोलीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

नेपालले यसअघि खेलिएको आफ्नो पहिलो खेलमा अर्को भारतीय क्लब गुजरातलाई हराएको थियो । नेपालले यसै महिना ओमानमा हुने एसीसी प्रिमियर कप तथा आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेलेको हो ।

सम्बन्धित समाचार