राष्ट्र बैंकभित्र छिर्न खोज्ने नेविसंघका प्रदर्शनकारी पक्राउ

16.5k Shares

काठमाडौं,  २२ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध आइतबार बिहान काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको भातृसंगठन नेविसंघमा आबद्ध विद्यार्थीले प्रदर्शन गरेका हुन् । उनीहरूले गभर्नरविरुद्ध चर्को नाराबाजी गरेका थिए । विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरू ब्यानरसहित बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरभित्र पनि छिर्न खोजेका थिए । त्यसपछि प्रहरीले हस्तक्षेप गरेको थियो । ती प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

सम्बन्धित समाचार