गृहमन्त्रीलाई सांसद यादवको आग्रह– आरोपलाई टुंगोमा पुर्‍याउन सहयोग गर्नूस्

15k Shares

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद यादवले सहकारी प्रकरणमा छानविनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गरेका हुन्।

उनले सो आरोपको निष्पक्ष छानविन गरेर सत्यतथ्य बाहिर नल्याएसम्म गृहमन्त्रीलाई आरोपले नछोड्ने र जिन्दगीभर लखेट्ने बताए । उनले संसदीय समिति बनाएर अनुसन्धान गर्नु गृहमन्त्रीकै हितमा हुने बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि हाम्रो नयाँ कृषि सहकारी संस्थामा हुँदा निक्षेपकर्ताको चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको सांसद यादवकाे भनाइ छ।

रास्वपाका यी दुई नेताहरूमाथि पनि निष्पक्ष छानविन गर्न उनले माग गरे। उनले सहकारी प्रकरणमा छानविन गर्न संसदीय समिति बनाउने कुरा नेपाली काँंग्रेसको अनिवार्य शर्त भएको पनि स्पष्ट पारे।

सम्बन्धित समाचार