14.9k
Shares
काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले हावाहुरीबाट ज्यान गुमाएकाको परिवारलाई राहत दिन माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले हावाहुरीका कारण मृत्यु भएका भुवन सिञ्जालीको परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।
शनिबार आएको हावाहुरीले रुख ढल्दा पाल्पाको तानसेनका २० वर्षीय भुवन सिञ्जालीको मृत्यु भएको थियो । हावाहुरीले पाल्पाकै रिब्दीकोट गाउँपालिकामा आठ करोड बराबरको अकबरे खुर्सानी, कागती र सुन्तला करिब साढे तीन करोड बराबरको क्षति भएको सांसद गैरेको भनाइ छ ।