एमडीएमएस खरिदमा अनियमितता : दूरसञ्चारका दुई पूर्व अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

17.9k Shares

काठमाडौं– मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रसहितलाई   प्रतिवादी बनाइ भ्रष्टाचार मुद्दा दायर गरेको हो।
 
अख्तियारले  राज्यकोषबाट ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ नोक्सान भएको दाबी गर्दै सोही बराबर  बिगो असुल हुनुपर्ने दाबी गरेको छ।

सम्बन्धित समाचार