काठमाडौं । आगामी १५ वैशाख २०८१ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य उपनिर्वाचन’bout साझा उम्मेदवार उठाउने’bout सत्तारूढ दल विभाजित देखिएका छन् । सत्तारूढ दलबाट साझा उम्मेदवार उठाउने विषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भए पनि सहमति जुटन सकेको छैन ।
नेपाली कांग्रेससहित पुरानो गठबन्धन भत्काउँदै अहिले नयाँ गठबन्धन बनेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी नेपाल (जसपा)सहितको नयाँ गठबन्धन बनेको छ । तर, यस गठबन्धनका शीर्ष नेता अगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि साझा उम्मेदवार उठाउने’boutमा विभाजित भएका छन् ।
१५ वैशाखमा इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ–१ को (क)मा सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ । दुवै क्षेत्रमा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभा सदस्य इलाम–२ मा सुहाङ नेम्वाङ र प्रदेशसभा सदस्य बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गत आइतबारको सचिवालय बैठकबाट गरिसकेको छ ।
इलाम–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका सुहाङ एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवासको निधन भएपश्चात् नै सुहाङलाई त्यस क्षेत्रको सम्भावित उम्मेदवारका रूपमा चर्चा गरिएको थियो । स्वयं सुहाङले पनि त्यसका लागि सक्रियता देखाइरहेका थिए ।
४ मंसिर २०७९ मा सम्पन्न निर्वाचनमा इलाम–२ मा सुवास नेम्वाङ विजयी भएका थिए । सोही कारण सो क्षेत्रमा एमालेले सुवासपुत्र सुहाङलाई उम्मेदवार बनाएको हो । तर सत्तारूढ गठबन्धनमै रहेको एकीकृत समाजवादीले इलाम–२ मा झलनाथ खनाललाई उम्मेदवार उठाउन खोजेको छ ।
बझाङ–१ को (क)मा प्रदेशसभा सदस्य उम्मेदवार जसरी पनि उठाउने तयारी गरेको एकीकृत समाजवादीले सो’boutमा समाजवादी मोर्चा र माओवादी केन्द्रसँग छलफल गर्ने जनाएको छ । आजको राजधानी दैनिकबाट