एमाले कास्कीको नेतृत्व लिन ३ जना चुनावी मैदानमा

18.4k Shares

काठमाडौँ । नेकपा एमाले कास्कीको नयाँ नेतृत्वका लागि हालसम्म तीन जनाको उम्मेदवारी परेको छ । दुई प्यानल र अर्का एकजनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको फेरो समातेर माधव बास्तोलाले उम्मेदवारी दिएका छन् भने केन्द्रीय सदस्य खगराज अधिकारीको गुटबाट बैनबहादुर अधिकारीको उम्मेदवारी परेको छ । उनीहरू आफु मात्रै उठेका छैनन्, प्यानल लिएर खडा भएका छन् । विवेक त्रिपाठीले गुटबाट पार्टीलाई जोगाउने र क्रान्ति गर्ने भन्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

बास्तोला प्यानलबाट उपाध्यक्षमा शिवप्रसाद आचार्य, सचिवमा सुरेन्द्र गुरुङ तथा उपसचिवमा राधिका शाही योगी र श्रीराम पोखरेल उम्मेदवार बनेका छन् । अधिकारी प्यानबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ उर्फ दर्शन लामा तथा उपसचिवतर्फ लालबहादुर परियार र सन्तु सुवेदीलाई अघि सारिएको छ । सदस्यसम्म पनि प्यानलबाटै चुनाव हुने लगभग पक्का छ ।

९३५ मतदाता रहेको कास्की एमालेबाट ६८० जनाले मनोनयन फाराम खरिद गरेका थिए । अहिले मनोनयन दर्ताको क्रम चलिरहेको निर्वाचन समिति संयोजक भगवती पहारीले जानकारी दिइन् । उनका अनुसार १ बजेपछि विद्युतीय माध्यमबाट मतदानको तालिका छ । अधिवेशनले १२० सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।
सम्बन्धित समाचार