सिन्धुपाल्चोक उद्योग बाणिज्य महासंघलाई लाग्यो अधिवेशन, सफल युवा व्यवसायी बिनोद बहादुर गुभाजुद्वारा सदस्यमा उम्मेदवारी

25.4k Shares

सिन्धुपाल्चोक । उद्योग बाणिज्य महासंघ सिन्धुपाल्चोकको अधिवेशन बाह्रविसे नगरपालिका वडा नं. ३ खोर्सानीबारीमा चैत ९ र १० गते हुने भएको छ ।
सिन्धुपाल्चोकका उद्योगी व्यवसायीहरु चैत ९ र १० गते हुने अधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने तयारीमा रहेका छन् । सिन्धुपाल्चोकका सफल युवा व्यवसायी बिनोद बहादृुर गुभाजुले पनि आफूले सदस्यमा उम्मेदवारी दिएका छन् ।
गुभाजुमा लामो समय विभिन्न उद्योग व्यवसायमा लागि जिल्लाका उद्योग व्यवसायीहरुको समस्या र अप्ठ्यारा परिस्थितिहरुमा सधै अगाडि बढी साथ र सहयोग गर्दै सफल युवा तथा अनुभवी व्यवसायीको रुपमा आफूलाई परिचित गरिसकेका व्यक्ति हुन् । सिन्धुपाल्चोक जिल्लामा उद्योगी व्यवसायीहरु माझ गुभाजुलाई चिनाई रहनुपर्ने नाम नभएको व्यवसायीहरुले बताउने गरेका छन् । सोही कारण पनि उद्योग वाणिज्य महासंघ सिन्धुपाल्चोकको सदस्यमा सर्वसम्मत चयन हुने अवस्था देखिएको व्यवसायीहरुले बताउने गरेका छन् । यदि निर्वाचन नै भए पनि राम्रो मतका साथ विजयी हुने पक्कापक्की अवस्थामा रहेको त्यहाँका माहोलले देखाएका उनीहरुले छ । गुभाजुले आफूलाई सदस्य पदमा उम्मेदवारी दर्ता गरिसकेका छन् । गुभाजुले उम्मेदवारी दर्ता गरी क्रम सं. २४ रहेको र सम्पूर्ण उद्योगी व्यवसायी दाजुभाई, दिदी बहिनी तथा आमाबुबासँग आफ्नो अमुल्य मत आफूलाई दिनसमेत अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार