सेक्सकाे विषयमा जानकारी नहुँदा तनावै तनाव !

17.3k Shares

काठमाडौं। सेक्स मानसिक एवं शारीरिक स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ। तर, यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ। यसबारे आवश्यक जानकारी नहुँदा कति जोडीले सेक्सबाट आनन्द होइन, तनावको महशुस गर्दछन्।

यस विषयमा धेरै अध्ययन भएका छन्, लेख रचना समेत लेखिएका छन्। पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओछ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ। यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्ययनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो।

१. यौन क्रिडामा पूरा ध्यान दिनुस् – ओछ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पूरै ध्यान यौन सम्बन्धमै दिओस् भन्ने चाहन्छन्। सर्वेक्षणमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए। आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्श यौन सम्पर्कको समयमा महिलालाई मनपर्ने अध्ययनको निष्कर्ष छ।

२. पाक क्रिडा महत्वपूर्ण – महिलाहरु यौन सम्पर्क शुरु हुनुअघि गरिने क्रियाकलापमा बढी चाख राख्छन्। पाक क्रिडाको माध्यमबाट आफूलाई पूरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहना हुन्छ। सर्वेक्षणमा सहभागी अधिकांश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनुपर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नुपर्ने बताएका थिए।

३. आनन्द र सन्तुष्टिबीच फरक – किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डोम नलगाई यौन सम्पर्क गर्दा बढी सन्तुष्टि हुने बताए। यद्यपि, कण्डम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो।

४. विस्तारै गर्नु राम्रो – यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन। उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन्। संवेदनशील अंगसँग संवेदनशील रुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ।

५. वातावरणको भूमिका – शोधमा सहभागी अधिकांश महिलाले उपयुक्त मौसम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताए। चिसो मौसममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भए पनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो। त्यसैगरी गर्मीमा सेक्सको चाहना र आनन्द बढी हुने महिलाको अनुभव छ।

६. आसनको भूमिका – यौन क्रिडामा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ। शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरुको तल २९३ सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टि अनुभव गर्ने गर्छन्। तर, सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ।

७. विभिन्न तरिका – अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन्, ‘सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेका थिए। अधिकांश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए। ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए।

सम्बन्धित समाचार