भारतको योजनामा सार्कलाई ओझेलमा पार्न बिमस्टेक बनाइयोः चित्रबहादुर केसी

18k Shares

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिमस्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइएको बताएका छन्। सोमबारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गरेको बिमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सार्क आन्दोलनलाई ओझेलमा पार्न बिमस्टेकको खेती गरिएको बताए।

उनले दक्षिण एशियामा शक्तिशाली संगठन भनेकै सार्क भएकाले सशक्त बनाएर अघि बढाउनुपर्ने उल्लेख गरे।उनले भने, ‘मैले के आशा गरेको थिएँ भने बिमस्टेक जन्मियो किन? सार्कलाई किन ओझेलमा किन पारियो? त्यतातिर हाम्रो परराष्ट्रमन्त्रीजीले केही जानकारी गराउनु हुन्छ कि भन्ने थियो। खालि बिमस्टेकको कुरा गरेर सिध्याइदिनुभयो । म निराश भएँ। दक्षिण एशियामा हाम्रो सार्क हो नि, शक्तिशाली संगठन।

यो बिमस्टेक किन खोल्नुपर्‍यो भन्दा भारत, चीनका अगाडि भाले हुन नसक्ने, पाकिस्तानसँग शत्रुतापूर्ण संघर्ष सधैँ। त्यसो भएकाले सार्क आन्दोलनलाई ओझेलमा पार्न यो भारतको योजना हो। बिमस्टेक सार्कलाई ओझेल पार्नका लागि नै हो। सार्कलाई यो स्थितिमा पुर्‍याउनुको मुख्य कारण भारत नै हो।

सम्बन्धित समाचार