काठमाडौँ । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सहकारी ठगीका सम्बन्धमा छानबिन आयोग बनाउन सांसदको माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरूको कारण खोजी गर्न सरकारले अधिकार सम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने बताए ।
‘सहकारी आन्दोलनलाई संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउन पर्छ र जिम्मेवार पूर्वक (दोषी) खोजी गर्नुपर्छ । म सरकारलाई आग्रह गर्न चाहन्छु, तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔँ ,’ उनले भने । साथै सरकारले सामाजिक सहकारी र दैनिक रकम सङ्कलन गर्ने सहकारी सङ्कलन छुट्टाउनुपर्ने उनले बताए । ‘सम्पत्तिको स्रोत प्रमाणित गरौँ ।
यी दोस्रो खाले सहकारीले जम्मा गरेको सम्पत्तिको स्रोत के हो ? त्यो कुराको प्रमाणित गर्न लगाऔँ,’ पोखरेलले भने ।सहकारीका ऋणीहरूको पनि अध्ययन गर्नुपर्ने उनको प्रस्ताव छ । उनी भन्छन्, ‘ऋणीहरू कुन प्रकारका छा सदस्यहरूको बिचबाट बनेका ऋणीहरू हुन् या अन्य क्षेत्रबाट भएका ऋणीहरू हुन् ती ऋणीलाई खोजौँ ।’