कमलपोखरी मा“स्नेमाथि सीआइबीको अनुसन्धान

15k Shares

काठमाडांैं । सार्वजनिक जग्गा र पुरातात्विक महत्वको जग्गा हडप्ने र कम्प्लेक्स ठड्याउनेले जुन शक्तिको दुरुपयोग गरे त्यो लामो समय नटिक्ने भएको छ । माफिया शैलीमा हडपिएका जग्गाहरु विस्तारै सप्रमाण फिर्ता लिने क्रम चलेको छ । यस क्रममा ठमेलको ऐतिहासिक कमलपोखरी माँसेर छायाँ सेन्टर ठड्याउने गिरोहमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान बढाएको छ । सीआइबीले कमलपोखरी माँस्ने गिरोहबारे गहिरो अनुसन्धान थालेको हो । सीआइबी स्रोतका अनुसार कमलपोखरी रहेको जग्गाबारे प्रमाणहरु संंकलन भइरहेको छ । उक्त जग्गा हडप्ने किर्ते गरिएको विषयमा अनुसन्धान बढाइएको हो । 
छायाँ सेन्टर रहेको कमलपोखरीको जग्गा हडप्न अम्बिका राणालाई भूमाफियाले मोही बनाएको समेत खुलेको छ । अम्बिका राणा दिवंंगत राजा वीरेन्द्र शाहकी सम्धीनी हुन् । गोरख शमशेर राणाकी आमा अम्बिकालाई मोही बनाउने गिरोहबारे पनि सीआइबीले अनुसन्धान बढाएको हो । छायाँ सेन्टर ठड्याउन नेपालका हाइप्रोफाइल भनिएका व्यापारी, नेताका परिवार र पूर्व सैनिक अधिकारी मात्र नभई अख्तियारका पूर्व अधिकारीहरु समेतको मिलेमतो पाइएको छ । विशेषगरी बैंकिङ क्षेत्रमा प्रभाव जमाउँदै आएका पृथ्वीबहादुर पाँडे यसका हर्ताकर्ता हुन् । उनले कमलपोखरीको जग्गा हडप्न र छायाँ सेन्टर ठड्याउन हाइप्रोफाइलहरुलाई गोल्डन शेयर दिएका छन् । खोजतलासले गोल्डेन शेयर पाउनेदेखि लगानीकर्ता समेतको खुलासा गरिसकेको छ । 
भूमाफियाले रणनीतिक र आर्थिक महत्वको जग्गा कसरी हडप्छन् भन्ने उदाहरण बनेको छ छायाँ सेन्टर । जग्गा हडपेर छायाँ सेन्टर ठड्याउन पृथ्वीबहादुर पाँडेले देशका प्रभावशाली क्षेत्रमा रहेका व्यक्तिहरुलाई पनि गोल्डन शेयर दिएर खुशी बनाएका थिए । यतिसम्मकी तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई पनि साथमा लिएका थिए । 

सम्बन्धित समाचार