एकीकृत समाजवादीको निर्णय कुर्दै सत्ता गठबन्धन

14.2k Shares

काठमाडौँ । सत्ता गठबन्धनका नेताहरू मन्त्रालयको भागबन्डा टुङ्ग्याउन एकीकृत समाजवादीको निर्णय कुरेर बसेका छन् । मंगलबार साँझ  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरी सरकारमा आउन औपचारिक प्रस्ताव गरेका थिए। 

यस विषयमा पार्टीमा निर्णय गरेर जवाफ दिने नेपालले बताएका थिए । मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सरकारमा आउने दलहरू निश्चित भएपछि सिट बाँडफाँट टुङ्गो लगाउने गरी बैठक स्थगित गरेको थियो ।

सरकारमा जाने/नजानेबारे विषयमा टुङ्गो लगाउन एकीकृत समाजवादीले सचिवलय बैठक बोलाएको छ । यसै विषयमा छलफल गर्न कार्यदलका सदस्यहरू फेरि बालुवाटारमा जुटेका छन् । अहिलेसम्म कुन दलले कति मन्त्री पाउने भन्ने विषयमा टुङ्गो नलागिसकेको कार्यदल सदस्य राजेन्द्र श्रेष्ठले दाबी गरे। सोमबार  पुनर्गठन भएको मन्त्रिपरिषदमा एमाले, माओवादी र रास्वपाले एक÷एक जना विना विभागीय मन्त्री पठाएका छन् ।   

 

सम्बन्धित समाचार