राष्ट्रियसभा अध्यक्षका नाममा गठबन्धन फुटउन्मुख

18.2k Shares

काठमाडौँ। राष्ट्रपति निर्वाचनमा जोडिएको वर्तमान सत्ता गठबन्धन राष्ट्रियसभा अध्यक्ष निर्वाचनको पूर्वसन्ध्यामा आइपुग्दा धरमरको अवस्थामा पुगेको छ । गत चैत्र २५ मा भएको राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा एमालेसँगको पाँच दलीय गठबन्धन तोडेर कांग्रेससँग काँध मिलाएका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) फेरि कांग्रेससँगको सहकार्य तोड्न लागेका हुन ।

गत राष्ट्रिय सभाको निर्वाचनमा अध्यक्ष कांग्रेसलाई दिने सत्ता गठबन्धन भित्रको मौखिक समझदारीलाई तोड्दै माओवादीले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएसँगै गठबन्धनमा दरार आएको थियो । सोही विषयलाई सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी (टीआरसी) विधेयकसँग जोडेर नयाँ राजनीतिक ध्रुविकरणको सम्भावना बढेको नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनलाई फुटाउने अभियानमा निरन्तर लागेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार मात्रै प्रधानमन्त्री प्रचण्डसँग तीन पटक भेटवार्ता गरेका छन । उनिहरुको भेटलाई लिएर राजनीतिक तरंग उत्पन्न भएको छ । आइतबार रातीसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले अध्यक्ष ओली र रास्वपाका अध्यक्ष रवी लामिछाने समेत छलफलमा जुटेका छन् । ओली र प्रचण्डबीच टीआरसी विधेयक र राष्ट्रियसभाको अध्यक्षका विषयमा छलफल भएको बालुवाटार श्रोतले बतायो ।

ओलीले टीआरसी विधेयक सदनमा लैजान एमालेलाई राष्ट्रियसभा अध्यक्ष दिनुपर्ने धारण राखेका थिए । यस विषयमा सत्ताको मुख्य सहयात्री दल नेपाली कांग्रेस शशंकित भएको छ । सरकारका मन्त्रीहरु फेरबलद गर्ने प्रधानमन्त्रीको योजना र गठबन्धनभित्र देखिएको दरारलाई कसरी व्यवस्थापन गरेर जाने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका सबै मन्त्रीलाई आइतबार साँझ नै बुढानीलकण्ठ बोलाएर छलफल समेत गरेका छन् । यहीबीचमा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ । फिनल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजना हुने ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन मन्त्री साउद आइतबार राति प्रस्थान गर्ने कार्यक्रम थियो । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण चर्चा हुनसक्ने चर्चा चुलिएसँगै राजनीतिक गतिविधिमा गर्मागर्मी भएको छ । मन्त्रीहरु फेरबदल हुने तर गठबन्धनमा केही नहुने नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले बताए । नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार