भक्तराज आचार्यको निधनपछि लिङ्देनले भनेः देशले अत्यन्तै प्रिय कलाकारलाई गुमायो

16k Shares

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले स्व. भक्तराज आचार्य कालजयी गीत, संगीतको धनी भएको बताएका छन्।सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले सबैका प्रिय र श्रद्धेय कलाकारलाई देशले गुमाएको बताए।

उनले स्व. आचार्य सधैँ अजर अमर भएर रहने बताए।उनले भने, ‘उहाँ कालजयी गीत, संगीतले धनी व्यक्ति हुनुहुन्थ्यो। उहाँ अत्यन्तै प्रिय, श्रद्धेय कलाकारलाई देशले आज गुमाएको छ।’उनले स्व. आचार्यलाई नेपाल र नेपालीले सधैँ स्मरण गरिरहने बताए।

सम्बन्धित समाचार