नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हरायो

19.4k Shares

काठमाडौं -आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रवार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन बनायो । जीतका लागि २०४ रनको लक्ष्य पच्छाएको नेदरल्यान्ड्स ४३.५ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमा समेटियो । 

नामिबियाका लागि ज्यान निकोल लोफ्टी–इटनले सर्वाधिक ४९ रन बनाए । उनले ४३ बल खेल्दै ६ चौका र दुई छक्का हाने । यसैगरी मलान क्रुगरले ३९, ज्यान फ्राई लिङ्कले ३४, रुबेन ट्रम्पप्लेमानले २३ तथा जान ग्रिनले २२ रन बनाए । कप्तान जेर्हार्ड इरासमले १२ रन बनाउँदा माइकल भ्यान लिङ्गेन १० रन जोडे ।

बलिङतर्फ नेदरल्यान्ड्सका लागि भिभियन किङ्गमाले तीन, आर्यन दत्त र रुलफÞ भ्यान डर मर्वाले दुई–दुई तथा शारिज अहमद र बास डे लिडले एक–एक विकेट लिए । यस्तै नेदरल्यान्ड्सका लागि ब्याटिङ गर्ने क्रममा नोआ क्रोसले सर्वाधिक अविजित ४६ रन बनाए । उनले ५६ बल खेल्ने क्रममा तीन चौका हाने । यसैगरी म्याक्स ओडाउडले ४१ रन, बास डे लिडले २४ तथा शारिज अहमदले १९ रन बनाए ।

बलिङतर्फ नामिबियाका ज्यान फ्राई लिङ्क र जेहार्ड इरासमसले तीन–तीन, बर्नार्ड स्कोल्जले दुई तथा रुबेन ट्रम्प्लम्यान र निकोल लफ्टी इटनले एक–एक विकेट लिए । 

सम्बन्धित समाचार