बिहीबार सुनचाँदीको मूल्य घट्यो

17k Shares

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा करोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कारोबार भएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ कायम गरिएको महासंघले जानकारी गराएको छ ।

सम्बन्धित समाचार