एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश

9.1k Shares

काठमाडौँ–नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

बिहीबार बागलुङको ढोरपाटन नगरपालिकामा आयोजित कार्यक्रममा छन्त्याल सहित विभिन्न पार्टी परित्याग गरी १३ जना माओवादी केन्द्रका प्रवेश गरेका हुन्। उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन्।

माओवादी केन्द्रले मध्यपहाडी लोकमार्गमा सुरु गरेको जनजागरण अभियान बिहीबार बागलुङको ढोरपाटन पुगेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टिमलाई बाजागाजा सहित बागलुङबाट गण्डकी प्रवेश गराइएको प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन्। जागरण अभियान अन्तर्गत गण्डकी प्रवेश गरेको टोलीले झन्डै १ साता गण्डकीमा बिताउने छ। 

बिहीबार बुर्तिबाङ र गल्कोटमा जागरण अभियान कार्यक्रम हुँदैछ। उक्त टोली आज ताराखोलामा बास बस्नेछ भने शुक्रबार बागलुङ बजार हुँदै कुश्मामा विशेष कार्यक्रम हुनेछ। शुक्रबार उक्त टोली पोखरा आएर बस्नेछ। पोखरामा शनिबार प्रदेशस्तरीय विशेषसभा आयोजना गरिएको प्रदेश अध्यक्ष गुरुङले बताइन्। त्यसपछि लमजुङ, गोरखा हुँदै टोली धादिङतिर लाग्नेछ।

सम्बन्धित समाचार