वीरगन्ज महानगरको कर्फ्यु खुकुलो, पुनः राति १० बजेसम्मका लागि हटाइयो कर्फ्यु

16.2k Shares

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा लगाएको कर्फ्यु खुकुलो पारेको छ । महानगरपालिकामा तीनदेखि लगाइएको लगाइएको कर्फ्यु आजदेखि खुकुलो पारिएको हो । सुरुमा आज तेस्रो दिन सर्वसाधारणको सुविधाका लागि बिहान ११ बजेसम्मका लागि खोलिएको थियो । तर जिल्ला प्रशासन कार्यालय फेरि अर्को सूचना जारी गर्दै कर्फ्यु आदेश पुनः १० बजेसम्मका लागि स्थगित गरिएको भनेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले एक सूचना जारी गर्दै सर्वसाधारणको सुविधाका लागि ११ बजेदेखि लाग्ने कर्फ्यु पुनः स्थगित गरिएको जानकारी दिए ।अर्को आदेश नहुञ्जेलम्मका लागि आज राति १० बजेसम्मका लागि कर्फ्यु स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । रौतहटको इसनाथ नगरपालिकामा मूर्ति सेलाउने विषयमा दुई समुदायबिच भएको झडपलाई लिएर वीरगन्जमा हिन्दु समाजका कार्यकताहरुले सोमबार प्रदर्शन गर्नुको साथै बजार बन्द गराएका थिए । 

यही क्रममा दुई समुदायबिच विवाद बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले यही सोमबार साँझ ५ बजेदेखि अनिश्चयकालीन कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु आदेश जारी भएपछि दोस्रो दिन वीरगन्ज महानगरमा झडप तथा उच्छृङ्खल गतिविधि रोकिएको जिल्ला प्रशासनको भनाइ छ । वीरगन्जमा धार्मिक सद्भाव कायम रहोस् भन्दै जिल्ला प्रशासन कार्यालयले हिजो मात्रै सर्वदलीय बैठकसँगै हिन्दु समाजका अगुवाहरूसँग छुटा छुट्टै छलफल गरेको थियो । 

सर्वदलीय बैठकले सद्भावमा खलल नपर्ने ५ बुँदे निर्णय गरेको थियो भने हिन्दु समाज पर्साले सामाजिक सद्भावमा असर नपर्ने काम गर्ने प्रतिबद्धता जनाएको थियो । यही सर्वदलीय बैठक र हिन्दु समाजका अगुवाहरूसँग भएको छलफलपछि प्रशासनले आजदेखि कर्फ्यु खुकुलो बनाएको हो ।दुई समुदायबिच विवाद बढ्ने सम्भावना बढेपछि जिल्ला प्रशासन कार्यालयले तीन दिन अगाडि कर्फ्यु लगाएको थियो । 

सम्बन्धित समाचार