सरकारले फागुन ८ गते १२ अर्ब २३ करोड आन्तरिक ऋण उठाउने

16.5k Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले फागुन ८ गते १२ अर्ब रुपैयाँमाथिको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । २८ दिने र ९१ दिने ट्रेजरीमार्फत केन्द्रीय बैंकले कूल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो । बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिने ट्रेजरीका लागि ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले फागुन ६ गते दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिइसक्नुपर्नेछ । उक्त ट्रेजरीको बिक्री भने फागुन ८ हुनेछ । केन्द्रीय बैंकले यसअघि माघ २९ गते २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

सम्बन्धित समाचार